असोज १२, २०८३ सोमबार September 28, 2026

हातहतियार र लागुऔषध कारोबार गर्ने भारतीय गिरोहका मुख्य नाइके पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः हातहतियार खरखजना तथा लागुऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षका बग्गा भन्ने प्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवलाई विराटनगर महानगरपालिका- १६ दरैयाबाट लागुऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाइट्रोसन र ५१ चक्की नाइट्राभेटसहित शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैधरुपमा हातहतियार तथा लागुऔषधको कारोबार सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको खुल्न आएको छ ।

यादवले २०७५ मङ्सिर ३ गते उदयपुरको उदयपुरगढी गाँउपालिका १९ का मन्दीप तामाङलाई ‘मेड इन यूएसए’ लेखेको अटोमेटिक पेस्तोल र चार थान गोली सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनार बस्ने ३५ वर्षीय सुशील कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाएका थिए । मन्दीप र सुशीललाई विराटनगर महानगरपालिका १६ को विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाएको र ती हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाइके यादव रहेको खुल्न आएको थियो ।

यसैगरी २०७५ मङ्सिर ८ गते उनले विराटनगर महानगरपालिका १६ बस्ने २२ वर्षीय विद्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई तीन सय ८० एम्पुल विभिन्न नियन्त्रित लागुऔषध, एक सय पाँच ग्राम एक सय १० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र दुई राउण्ड गोलीसमेत विराटनगरको बसपार्कमा सुनसरी धरान उपमहानगरपालिका घर भइ ललितपुरको ललितपुर महानगरपालिका ४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी दिइ पठाएका थिए ।

यो घटनामा संलग्न तीन जनालाई प्रहरीले विराटनगर महानगरपालिका ११ को बसपार्कबाट पक्राउ गरी लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा हातहतियार र लागुऔषध नेपालतर्फ पठाउने गिरोहको मुख्य नाइके समेत यादव रहेको खुल्न आएको थियो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार