वैशाख २४, २०८१ सोमबार May 6, 2024

पार्टी सिध्याउने विरुद्ध पार्टीमा विवाद होइन लडाँई छ- रामचन्द्र पौडेल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महाधिवेशन मिति तोकिएसंगै काँग्रेसमा विवाद देखिएको छ नि ? किन बढेको विवाद ?

महाधिवेशनको मिति तोकिएका कारण विवाद बढेको होइन । महाधिवेशन एउटा पाटो हो । तर यहाँ समस्या भनेको विधी विधानको हो । सभापतिजीले पार्टीको महाधिवेशन तोकिएपछि धमाधम पार्टीका विभाग बनाउन लाग्नुभयो । म लगायतका साथीहरुको असहमति यही हो । महाधिवेशनको मिति तोकेपछि त कम्तीमा आचारसंहिता भन्ने हुन्छ । त्यो पनि लागु होला । अनि फेरि कार्यकाल पूरा गरेर थप गरेर महाधिवेशन गर्न कामचलाउ भइसकेको कार्यसमितिले विभाग गठन गर्ने निर्णयलाई सर्मथन गर्न सकिदैन । त्यही भएर पार्टीमा समस्या देखिएको हो ।

हामीले पटक–पटक सभापतिजीको ध्यानाकर्षण गराऔ तर उहाँ विधान मिच्दा ‘बहादुर’ बन्छु भन्ने ठान्नुभयो । विधान मिचेर बहादुर बन्न खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको छ । बारम्बार पार्टीलाई विधान अनुसार चलाउन पार्टी सभापतिलाई हामीले ध्यानाकर्षण गर्दै आयौं । तर विधान मिच्ने काम रोकिएन । त्यसले यो पार्टी प्रजातान्त्रीक पार्टी नै हो की होइन भन्ने प्रश्न खडा भएको छ । विवाद यही हो, कांग्रेसलाई व्यवहारमा पनि प्रजातन्त्रवादी बनाउने कि नबनाउने ? व्यवहारमा प्रजातन्त्रवादी बनाउने हो भने त कांग्रेस विधि विधान अनुसार चल्नुपर्यो नि ?

सभापतिले विधान मिचेर विभाग बनाउनुभयो भन्नुहुन्छ तर तपाईहरुको विरोध प्रभावकारी देखिएन । सभापतिले पनि टेर्नुभएको छैन नि ?

पार्टी हेर्नुस् कब्जाभित्र छ । एकथरी साथीहरु विवेकलाई एकातिर थन्क्याएर नेतृत्वको समर्थनमात्र गर्न बाध्य छन् । अर्कोतिर हामी बोलिरहेका छौं । बोल्दा पनि जसरी बोल्नुपर्दथ्यो, त्यसरी बोल्न सकिरहेका छैनौं । मित्रहरुलाई म सुधारेर लानुपर्ने कुरा मैदानमा राखौं भनिरहेछु । हाम्रा साथीहरु अझै बोल्न कन्जुस्याई गर्नुहुन्छ । बोल्न कन्जुस्याई नगर्नुस् भन्छु म । सही सत्य कुरालाई अगाडि ल्याउनुस् भन्छु । सत्य अगाडि नआए असत्यले ढाक्छ । भ्रातृ संस्थाको म्याद थप्या छ, पार्टी भित्र छलफल छैन । कार्ययोजना छैन । यो भन्दा ठूलो लापरवाही के हो ? भ्रातृ संस्थाहरुको अवमूल्यन भएको छ । संस्थाहरु नीर्जिव भइसके । नेचुरल प्रोसेसलाई रोक्ने काम नेतृत्वबाट भएको छ, निहीत स्वार्थका कारण ।

त्यसो भए अब तपाईहरुको रणनीति के हुन्छ त ?

अब हामी यी मुद्दालाई महाविधेशनमा लान्छौं । कांग्रेसमा विधी विधान मिचियो, कांग्रेस कहाँ पुग्यो ? हामीले यी यी मुद्दा उठाएको थियौ भनेर हामी महाधिवेशनमा जान्छौ । देशभरीका कार्यकर्तालाई यो विचार बुझाउने र सम्झाउने कार्य गरिरहेका छौ । अबको कांग्रेसको महाधिवेशन विचार, विवेक, विधि र विधानको जीत–हार हो । मैले विचार मिल्ने साथीहरुसँग भनिरहेको छु, राजनीतिको लडाई विचारको लडाई हो । तर्कको लडाई हो ।

यसपटक तपाईहरु महाधिवेशनमा कसरी जाँदै हुनुहुन्छ ? अनि तपाईको समुहबाट सभापतिको उमेदवार को हो ?

अघिल्लो पटक एकाएक सुशीलजीको निधन भयो । मैले अचानक सम्हाल्नुपर्ने भयो । मैले आफ्ना कुरा त भनिरहेको थिए । एकैचोटि अधिवेशनको जिम्मेवारी मेरो टाउकोमा प¥यो र अधिवेशन पनि सम्पन्न गर्नुपर्यो । मैले साथीहरुलाई विचार दिएर बुझाउनै पाइन । साथीहरुलाई सम्हाल्नै पाइनँ । अहिले समय पाएको छु । जहाँसम्म सभापतिको उमेदवारको कुरा छ, हामी कसैले पनि आफूबाहेक सबै अयोग्य देख्नुहुँदैन । मै हुनुपर्छ भनेर मैले कहिलेपनि भनेको छैन । तर एउटा कुरा के हो भने समाजले न्याय चाहिं गर्नुपर्छ । पार्टीका आम साथीहरुले न्याय चाहिं गर्नुपर्छ । पार्टीमा सबैलाई एकनास उमेरको आधारमा एउटै क्याटागोरीमा सबैलाई राख्न पाइदैन । किनभने कसैले पार्टीमा कुनै अहित नगरेर पार्टीको हितको पक्षमा मात्रै जीवन दिएका छन् होला । कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान सत्ताको, त्यसको विवेक त पुर्याउनु पर्छनि ।

सरकारको विसंगतिविरुद्ध लड्नुपर्ने प्रतिपक्ष आफै लडिरहेको छ नि ?

सरकारले जुन कुशासन चलाइरहेको छ । हाम्रो सुशासन बनाउने कि नबनाउने ? हामी नसुध्रेर अर्कालाई परिवर्तन गर्छु भनेर सकिँदैन । परिवर्तन बाहिर गर्न आफूभित्र परिवर्तन हुन जरुरी छ । १४ औं महाधिवेशनलाई मैले यसैलाई उठाउन खोजिरहेको छु । अर्को भनेको अहिले विसंगतिका विरुद्धका आवाज उठाऔं भनेको हो । । कांग्रेसले सुरुदेखि नै सरकारलाई भन्दै आएको र आफुले प्रधानमन्त्रीलाई भेटेर नै लिखित रुपमा दिएको हो । सरकारले आइसियु, भेन्टीलेटर र आइसोलेसन तथा क्वारेन्टाइनको व्यवस्था नगरी नागरिकलाई विचल्लीको अवस्थामा पु¥याएको छ । कम्युनिष्ट सरकारले कुनैपनि मानवीय समस्याको समाधान गर्न सक्दैन । अहिलेको स्थिति कम्युनिष्टहरुको असफलताको नमुना हो । योसंगै कांग्रेस पनि उस्तै भयो । सभापतिलाई जति भनेपनि हुँदैन । अब आफै सडकमा कार्यकर्ता लिएर जाँऔ भने पनि पार्टी नै दुईवटा भए जस्तो हुन्छ । सदनमा पनि त्यस्तै छ ।

पछिल्लो पटक सरकारले कोरोना संक्रमितलाई आइशोलेसन र आइसियुमा भर्नाका लागि सरकारको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ, यसलाई कांग्रेसले कसरी हेरेको छ ?

मैले सुरुदेखि नै भन्दै आएको थिए, कम्युनिष्टहरुको शासन भनेको नै पक्षपाती शासन हो । सरकारले विपत्तीका बेलामा पनि मेरो र तेरो भन्ने गरेको छ । चाहे त्यो राहत वितरणमा होस् कि कोरोनाको उपचारमा होस् । सरकारले पक्षपात गरेको छ । पहुँचवाला र आफ्ना कार्यकर्ताहरुलाई सहज बनाउनका लागि सरकारले यो नीति लिएको हो । -जयनेपाल न्युज

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार