काठमाडौं । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ ।
वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् । पाकिस्तान चौथो स्थानमा उक्लिएको छ । यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो । श्रीलङ्का भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ ।
बङ्गलादेश एक स्थान सुधार गर्दै नवौं स्थानमा आइपुगेको छ । वेस्ट इन्डिज भने १०औं स्थानमा झरेको छ । अन्य टोली १६ टोली वरीयतामा यथास्थानमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया