असार २४, २०८२ मंगलबार July 8, 2025

छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश

न्यायपालिकाप्रतिका जनताको विश्वास र चाँडो न्याय सम्पादनका लागि काममा ध्यान दिन सबैलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित गोला प्रक्रियाबारे पत्रकारलाई जानकारी गराउँदै प्रधानन्यायाधीश राउतले भने, ‘संविधानले प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको व्यवस्था गरेको भए पनि पूर्ण रूपमा न्यायाधीश हुन सकेको छैन, आज तीन जना आएपछि २० जना भयौँ, छिटोछरितो न्याय दिने दायित्व निर्वाह गरिरहेका छौँ, कसरी राम्रो गर्न सकिन्छ भनेर दैनिक निर्मम समीक्षा गर्ने गरेका छौँ ।’

ऊर्जावान् तीन न्यायाधीश भित्र्याउने अवसर मिलेको र यो सङ्ख्या थप भएसँगै न्यायपालिकाप्रतिका जनताको विश्वास र चाँडो न्याय सम्पादनका लागि काममा ध्यान दिन सबैलाई आग्रहसमेत गरे ।

सर्वोच्च अदालतको आजसम्म जम्मा मुद्दा २४ हजार ८४६ रहेको छ । त्यसमध्ये पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या एक हजार ४११ रहेको छ । दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या नौ हजार २७२ रहेको छ । आठ वर्ष नाघेको एउटा मुद्दा थियो । त्यो आज निर्णय सुनाउने भएर टुङ्गिँदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार