काठमाण्डौ । नेपाली लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लबले जीतका साथ काभा पुरुष च्याम्पियन्स लिगमा विजयी शुरुआत गरेको छ ।
माल्दिभ्समा हिजोदेखि शुरू भएको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ को सेटमा हराएको हो ।
हेल्प नेपालले पहिलो सेट ३३–३१, दोस्रो सेट २५–२० र पाँचौं सेट १५–८ ले जित्यो । यस्तै धिवेही सिफाइन्सले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२० ले जित्यो ।
सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेतासमेत गरी ६ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एशियन क्लब च्याम्पियनशिप खेल्न पाउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया