श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘म यस्तो गीत गाउँछु-२ फिल्म रोकिएपछि पल र पूजा म्युजिक भिडियोमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ गत १ चैतमा रिलिज हुन सकेन । त्यतिबेलाबाटै कोरोनाको त्रास देखिएपछि यो फिल्म रोकियो ।

सो फिल्म रोकिएकै बेला यी जोडी यतिबेला एउटा नयाँ म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । यो जोडी लामो समयपछि म्युजिक भिडियोमार्फत प्रस्तुत भएका हुन् ।

सरोज ओली र रचना रिमालको गीत पहिलोपल्ट भेट हुँदा…को भिडियोमा पूजा र पल प्रस्तुत भएका हुन् । गायक तथा निर्देशक सरोज ओलीको पछिल्ला भिडियोहरूमा पल शाह प्रस्तुत हुँदै आएका छन् । एक महिनामा सरोजले आफ्नो चारवटा गीतको भिडियोमा पललाई अभिनय गराइसकेका छन् ।

बिहीबार रिलिज भएको सरोजको गीतलाई गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यो गीतलाई दिनेश थपलियाले लेखेका हुन् । जसमा संगीत अर्जुन पोख्ररेलको रहेको छ ।

गत महिना आकाश श्रेष्ठसँग नयाँ भिडियो गरेकी पूजाले यतिबेला पलसँग यो भिडियोमा काम गरेकी हुन् । यो गीतको भिडियो काठमाडौंमा निषेधाज्ञा सुरु हुनु अघि नै गरिएको गायक सरोजले बताए ।

यो गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् । भिडियामा छायांकन नवराज उप्रेती र सम्पादन अमन मानन्धरको रहेको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार