श्रावण १२, २०८३ मंगलबार July 28, 2026

‘म यस्तो गीत गाउँछु-२ फिल्म रोकिएपछि पल र पूजा म्युजिक भिडियोमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ गत १ चैतमा रिलिज हुन सकेन । त्यतिबेलाबाटै कोरोनाको त्रास देखिएपछि यो फिल्म रोकियो ।

सो फिल्म रोकिएकै बेला यी जोडी यतिबेला एउटा नयाँ म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । यो जोडी लामो समयपछि म्युजिक भिडियोमार्फत प्रस्तुत भएका हुन् ।

सरोज ओली र रचना रिमालको गीत पहिलोपल्ट भेट हुँदा…को भिडियोमा पूजा र पल प्रस्तुत भएका हुन् । गायक तथा निर्देशक सरोज ओलीको पछिल्ला भिडियोहरूमा पल शाह प्रस्तुत हुँदै आएका छन् । एक महिनामा सरोजले आफ्नो चारवटा गीतको भिडियोमा पललाई अभिनय गराइसकेका छन् ।

बिहीबार रिलिज भएको सरोजको गीतलाई गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यो गीतलाई दिनेश थपलियाले लेखेका हुन् । जसमा संगीत अर्जुन पोख्ररेलको रहेको छ ।

गत महिना आकाश श्रेष्ठसँग नयाँ भिडियो गरेकी पूजाले यतिबेला पलसँग यो भिडियोमा काम गरेकी हुन् । यो गीतको भिडियो काठमाडौंमा निषेधाज्ञा सुरु हुनु अघि नै गरिएको गायक सरोजले बताए ।

यो गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् । भिडियामा छायांकन नवराज उप्रेती र सम्पादन अमन मानन्धरको रहेको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार