भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध

राजधानीबाट बिहान बाहिरिएका सवारीका सधनहरुलगाएत राजधानी प्रवेशका लागी आएका रात्री बसहरु सडकमै रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धादिङ । गएराती परेको वर्षाका कारण पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिकास्थित जहरे खेत भन्ने स्थान नजिकै खसेको पहिरोले अहिले राजमार्ग दुबैतर्फ ठप्प भएको छ ।

पहिरो पन्छाई सवारी सञ्चालनका लागी प्रयास भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रोष्ठले जानकारी दिनुभयो । पहिरो आसपासका क्षेत्रहरुमा सवारीका साधनहरुको जाम धेरै हुन नदिन प्रहरीले ठाउँ ठाउँमा सवारीका साधनहरुलाइ रोकेर राखेका छन् ।

अवरुद्ध राजमार्गका कारण संघीय राजधानीबाट बिहान बाहिरिएका सवारीका सधनहरुलगाएत राजधानी प्रवेशका लागी आएका रात्री बसहरु सडकमै रोकिएका छन् । पानी परिरहेको र पहिरो विस्तारै बगेका कारण पहिरो पन्छाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।

जहरे खेतको पहिरो पन्छाउन मात्रै करिब तीन घण्टा लाग्ने अनुमान प्रहरी गरेको छ । योसँगै वर्षाका कारण पृथ्वी राजमार्गको ठाउँ ठाउँमा सडक एकातर्फ मात्रै सञ्चालनमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार