जेठ ३०, २०८३ शनिबार June 13, 2026

बलात्कारको झुटो मुद्दा हाल्ने महिलालाई २० बर्षको जेल सजायँ

सबै आरोप झूटो पाए पछि अदालतले महिलालाई पोक्सो ऐन अन्तर्गत दोषी ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ६ भदौं । राजस्थानको अलवरमा एक महिलालाई बलात्कारको झुटो आरोप लगाएको भन्दै २० वर्षको जेल सजाय सुनाइएको छ ।

महिलाले आफ्नै भतिजामाथि बलात्कारको आरोप लगाएकी थिइन् । प्रहरी अनुसन्धानमा यी दुईबीच ६ महिनामा ८ सय ३२ पटक फोनमा कुराकानी भएको पाइएको छ ।

अनि ती महिला आफैंले भतिजालाई घरमा बोलाउँथिन् । सबै आरोप झूटो पाए पछि अदालतले महिलालाई पोक्सो ऐन अन्तर्गत दोषी ठहर गरेको हो।

न्यायाधीश हिमाकणी गौरले आफ्नो फैसलामा काकीको हैसियत आमाको बराबर भएको र महिलाको यो कार्य लाजमर्दो भएको बताइन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया