काठमाण्डौं, १० भदौ । आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग (सीडीजेएमसी) क्यामेरा भवनमा अत्याधुनिक मल्टिमिडिया प्रयोगशाला स्थापना गर्ने भएको छ ।
प्रयोगशाला स्थापना गर्नका लागि ३ करोड रुपैयाँ विनियोजनको स्वीकृति प्राप्त भएपछि विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङप्रति हार्दिक आभार प्रकट गरेको हो ।
फिल्म र टेलिभिजन उत्पादनमा विशेष रूपमा प्रयोग हुने यो प्रयोगशालाले विभागको शैक्षिक तथा व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको जनाएको छ ।
विभागले यसका लागि पाँच महिना अघि औपचारिक रूपमा नेपाल सरकारसमक्ष अनुरोध गरेको थियो । सो क्रममा विभागले अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग निरन्तर परामर्श गरेको थियो । विनियोजन सुनिश्चित गरिदिनुभएकोमा विभागले अर्थमन्त्री विष्णु पौडेलप्रति पनि विशेष आभार व्यक्त गरेको सीडीजेएमसीका विभागिय प्रमुख डा. कुन्दन अर्यालले बताउनुभयो ।
विभागको तर्फबाट डा. कुन्दन अर्याल र सहप्राध्यापक डा. देवराज अर्यालले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विनियोजन स्वीकृतिको आधिकारिक पत्र ग्रहण गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया