वैशाख २४, २०८१ सोमबार May 6, 2024

हामी मूल्यवृद्धि हुन दिँदैनौं : मोतिलाल दुगड, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यतिखेर कोरोनाको कहर छ । देशमा अस्तव्यस्त छ । तर किन महंगी बढिरहेको छ मन्त्रीज्यू ?

महंगी त हाम्रो मन्त्रालयले अनुगमन गरिरहेको छ । महंगीलाई नियन्त्रण गर्ने हाम्रो पूर्ण प्रयास छ । तथापि कही कही हाम्रो संयन्त्र पनि पुग्न नसकेको हुनाले कतै त्यस्तो भएको हुन सक्छ । यस्तोमा नियन्त्रण गर्न कठिन भईरहेको छ । अहिले कोरोना पनि भएको हुनाले कसैले केही फाइदा उठाएको हुन सक्छ । तर पनि हामी गम्भीर रूपमा मूल्यवृद्धि हुन दिँदैनौँ ।

मूल्यवृद्धि भईरहेको छ, मन्त्रीज्यु ? हरेक ठाउँमा तरकारीमा दोब्बर, तेब्बर भईरहेको छ । खोइ तपाईहरूको अनुगमन ? तरकारी बजार पुग्नुहुन्छ ?

कोरोनाको यो समयमा हामीले हाम्रो तर्फबाट पूरा प्रयास गरेका छौँ । हामीले खासै कहीबाट त्यस्तो गम्भीर समस्या आएको भनेर सुनेका छैनौँ । तर पनि तपाईहरूको फिडब्याकबाट कहीबाट त्यस्तो कुरा आएको छ भने हामी तुरुन्तै कारबाही गर्छौँ । हामी कडाभन्दा कडा कारबाही मूल्यवृद्धि गरेर या स्टक राखेर या वस्तु लुकाएर विक्रीभाउ गर्नेहरूप्रति हामी कारबाही गर्छौँ । यसमा सरकार कहिले पनि यसमा असफल भएको छैन ।

सरकार असफल भयो, सरकारले कारबाही गर्न सकेन ? माफियाहरूको जालोमा सरकार परेको छ भन्ने कुरा छ नि ?

भन्न त अब प्रजातन्त्र छ, जसलाई जे भन्न पनि छुट छ । वास्तविकतामा हामी जानुपर्छ । सरकारले कही कमी राखेको छैन । अहिले घरघरमा सामान लग्ने काम हामीले गरेका छौँ । नुन तेलको कमी छैन । हामीले यति गर्दागर्दै पनि हुँदैन भने सरकारको केही भन्नु छैन ।

जताततै दादागिरी छ, विचौलियाहरूको ? माफियाहरूको पनि हाबी छ ।

हामीलाई भन्न सक्नुभयो, कहाँ छ ? कुन ठाउँमा छ ? जनताले भन्नुपर्छ, उपभोक्ताहरू छन्, उहाँहरूले भन्नुपर्छ । हामीलाई ठाउँ देखाईदिनुपर्छ । हाम्रो अनुगमन पनि भईरहेको छ । जनताको पनि त्यत्तिकै जिम्मेवारी छ । यदि त्यस्तो छ भने हामीलाई त्यसको जानकारी मात्र हुनुपर्छ । हामीलाई जानकारी हुनेबित्तिकै हामी कारबाही थालिहाल्छौँ ।

अहिलेको अवस्थामा सरकार सफल हो त ?

सरकार एकदम सफल छ । सरकार कही विफल छैन । सरकारसँग चुनौती धेरै छ । जनताले पनि सरकारले गरेको कामको आलोचना मात्र गर्ने होइन, राम्रो कामहरूको प्रशंसा पनि गर्न जान्नुपर्दछ । सरकारले धेरै राम्रो कामहरू गरिरहेको छ । कही कमी छैन, यदि कमी छ भने भन्नुस् । कुन वस्तुको अभाव भएको छ ? कुन वस्तुको कालाबजारी भएको छ ? स्वास्थ्यको लागि औषधीहरूको पनि व्यवस्था छ । बाहिर जुन हाम्रा नेपाली दाजुभाइ्, दिदीबहिनीहरू, भारत र अन्य मुलुकबाट आएका छन् भने उहाँहरूको पनि व्यवस्थापन गरिएको छ । हामीले क्वारेन्टाइनहरू बनाएर राखेका छौँ । प्राइभेट अस्पतालहरूलाई पनि हामीले क्वारेन्टाइनमा परिणत गरिदिएका छौँ अहिले ।

बद्री गौतमले भन्नुभएको थियो, मैले कोरोनाको औषधी बनाएको थिएँ, मैले खुवाएको पनि थिएँ । निको पनि भएका थिए । सरकारले मलाई काम गर्न दिएन ।

कसैले कुन औषधी बनाउँछ, त्यो डब्ल्यू.एच.ओ. को मापदण्डमा छ कि छैन ? हाम्रो स्वास्थ्य विभागले पनि त्यसलाई एप्रुभ गरिदिनुपर्छ । एप्रुभ भएपछि पनि औषधीले फाइदा दिन्छ भन्न मिल्दैन ।

उहाँको औषधीले त धेरै मान्छेहरूलाई निको भएको छ । उहाँले त प्रमाण नै दिनुभएको छ ।

यदि निको भएको छ र औषधी प्रभावकारी छ भने सरकारले अवश्यै उहाँलाई सहयोग गर्छ । त्यसपछि वितरण गर्नमा हामी सहयोग गर्छौँ । उहाँले सम्बन्धित स्वास्थ्य विभाग, स्वास्थ्यमन्त्रीसँग सम्पर्क गर्नुहोला । मसँग सम्पर्क गर्नुभयो भने म पनि सम्पर्क गरिदिन्छु । यदि त्यस्तो औषधी छ भने त्यसलाई प्रचार प्रसार गरेर विक्री वितरण गराउने काम हामी गरिदिन्छौँ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार