भाद्र ९, २०८३ मंगलबार August 25, 2026

‘जेनजी पुस्तासँग माफी माग्छु, संविधानमै समाधान खोजौं’ : गगन थापा (भिडियो सन्देश)

नयाँ बन्ने सरकारले शक्तिशाली आयोग बनाएर सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिडियो सन्देशमार्फत जेनजी पुस्तालाई सम्बोधन गरेका छन्। आफू कांग्रेसको महामन्त्रीको हैसियतमा नभई व्यक्तिगत रूपमा बोलेको भन्दै उनले सुरुमै आन्दोलनको समयमा युवाहरूलाई गर्नुपर्ने काम गर्न नसकेकोमा माफी मागे।

थापाले भदौ २३ गते भएको घटनामा १९ जना युवाको ज्यान जानु ठूलो अपराध भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरे। “मैले प्रत्यक्ष भूमिका नखेले पनि त्यो दिन भएको घटना अपराध थियो,” उनले भने।

सोसल मिडिया बन्द गर्ने निर्णयका विरोधमा आफू तत्कालै सभापति शेरबहादुर देउवाकहाँ पुगेको स्मरण गर्दै थापाले भने, “त्यो प्रतिबन्ध रोक्न सकिएको भए यत्रो ठूलो घटना हुने थिएन।” उनले आफ्नी छोरीले ‘जेनजी मुभमेन्टलाई समर्थन गर्नुहुन्छ ?’ भनेर सोध्दा समर्थन गरेको बताएका थिए। तर, आन्दोलनमा घुसपैठको आशंका रहेको उनले बताए।

थापाले गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिन आग्रह गरेको र प्रधानमन्त्रीलाई समेत सरकारबाट फिर्ता हुन सुझाव दिएको बताएका छन्। आन्दोलनका क्रममा आफ्नै घरमा आगजनी हुँदा केही युवाले परिवारलाई सुरक्षित निकालेको भन्दै उनले आभार व्यक्त गरे।

उनले कांग्रेसभित्रै नेतृत्व परिवर्तनका लागि लडेपनि धेरै निर्णयमा असहमति प्रकट गरेको उल्लेख गरे। “कुलमान घिसिङलाई नहटाउन भनेको थिएँ, गलत काम गर्ने एमाले–कांग्रेसलाई नजोगाउन भनेको थिएँ,” उनले स्मरण गरे।

थापाले आन्दोलनका क्रममा भएको ठूलो जनधन र सार्वजनिक सम्पत्तिको क्षति नेपालमा अहिलेसम्म नभएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरे। “जसले गरेको हो, उसले सजाय पाउनुपर्छ,” उनले जोड दिए।

उनले नयाँ बन्ने सरकारले शक्तिशाली आयोग बनाएर सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने, गल्ती गर्नेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए। संविधान सबैको सन्तुलन मिलाएर बनेको भन्दै थापाले जेनजी पुस्तालाई भने, “जे गरे पनि संविधानको आधारमा गर्नुहोस्।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा रेबिज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
२०८३ भाद्र ९, मंगलबार
त्रिविको परीक्षा प्रणाली विद्यार्थीमैत्री बनाउन स्ववियुको १० बुँदे माग
२०८३ भाद्र ९, मंगलबार
गण्डकीमा सत्ता समीकरण फेरिँदै, एमालेका मन्त्रीले राजीनामा दिने
२०८३ भाद्र ९, मंगलबार
सुनचाँदीको मूल्यमा सामान्य घट्बढ
२०८३ भाद्र ९, मंगलबार
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार