बैसाख २६, २०८३ शनिबार May 9, 2026

विश्वभर लकडाउनले खस्कियो इन्टरनेट स्पीड, २५ औं स्थानमा नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६.३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो ।

लकडाउन अघि २९.३६ एमबीपीएस रहेको विश्वभरको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा घटेर २७.५१ एमबीपीएस रह्यो । लकडाउनका कारण विश्वमा सबैभन्दा धेरै इन्टरनेट स्पीडको कमी छिमेकी मुलुक चीनमा देखिएको छ ।

जहाँ आधाभन्दा बढी मात्राले इन्टरनेट स्पीड खस्केको छ । लकडाउन अघि औषत १२.५८ एमबीपीएस रहेको चीनको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा भने ६.१७ प्रतिशतमा झरेको छ ।

लकडाउनकै कारण इन्टरनेट स्पीडमा भारी गिरावटको सामना गर्ने मुलुकहरुमा क्रमशः चीनपछि इन्टरनेटको स्पीड धेरै खस्किने टपटेन मुलुकमा पानामा, मादागस्कर, चिली, पेरु, कार्गिज रिपब्लिक, कोट डेल्भर, दक्षिण कोरिया र पाराग्वे छन् ।

जहाँ क्रमशः ४८.९९ प्रतिशत, ३७.७१ प्रतिशत, ३६.७७ प्रतिशत, ३६.७६ प्रतिशत, ३६.४८ प्रतिशत, ३०.७७ प्रतिशत, ३०.४५ प्रतिशत, २९.९१ प्रतिशत र २९.५१ प्रतिशतले इन्टरनेट स्पीड घटेको छ ।

विश्वभरका ११४ मुलुकमा गरिएको यो सर्भेक्षणमा ३६ करोड ४३ लाख ४० हजार ३३५ पटक स्पीड टेस्ट गरिएको थियो । जुन करोड ६९ लाख ५१ हजार ९९८ वटा युनिक आईपीमा यो टेस्ट गरिएको हो ।

एसियाली मुलुकमा औषत रुपमा इन्टरनेट स्पीड १६.३३ प्रतिशतले खस्केको छ । लकडाउन अघि २०.२७ एमबीपीएस रहेको यहाँको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा भने १६.९६ एमबीपीएस रह्यो । यो सर्वेक्षणमा नेपाल, भारत, चीन सहित १९ मुलुक समावेश गरिएको थियो ।

एसिया क्षेत्रमा इन्टरनेट स्पीड गिरावट गर्नेमा नेपाल आठौं स्थानमा छ । नेपाल अघि चीन, दक्षिण कोरिया, मलेसिया, श्रीलंका, बंग्लादेश, भारत र फिलिपिन्स रहेका छन् ।

लकडाउन अघि ५.५३ एमबीपीएस रहेको नेपालको औषत इन्टरनेट स्पीड लकडाउनमा १८.२५ प्रतिशतले घटेर ४.५२ प्रतिशतमा खुम्चिएको छ । यो सर्भेक्षण अवधिभर नेपालमा मात्रै एक लाख ३७ हजार ५९८ पटक स्पीड टेस्ट गरिएको थियो ।

जसमा २४ हजार १७४ वटा युनिक आईपीलाई समावेश गरिएको थियो । यो सर्वेक्षणमा योग्य नठहरिएको भन्दै सयभन्दा बढी मुलुकहरुलाई समावेश गरिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार