असोज २८, २०८२ मंगलबार October 14, 2025

विश्वकप छनोट खेल : फ्रान्सले अजरवैजानलाई ३–० ले हरायो

लक्जेम्वर्गसँगको जितपछि जर्मनी गोलअन्तरले शीर्ष स्थान बनाउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेरिस, असोज २६ गते । गोलीगाँठोको चोटले समस्यामा परेको किलियन एमबापेले गोल गरेपछि विश्वकप छनोटमा फ्रान्सले शुक्रबार राति अजरवैजानलाई ३–० ले हराएको छ । एमबापे सहयोगीको भूमिका निर्वाह गरेर दोस्रो गोलमा पनि संलग्न हुनुभयो । फ्रान्सका लागि अन्य दुई गोल एड्रियन राबियोट र स्थानापन्न खेलाडी फ्लोरिन थाउभिनले गर्नुभयो ।

खेलको ८३ औँ मिनेटमा गोलीगाँठोमा चोट लागेपछि एमबापे मैदानबाट बाहिरिनुभएको थियो । एमबापेले आफ्नो देश र क्लब रियल म्याड्रिडबाट खेलेर लगातार दस खेलमा गोल गर्नुभएको छ । फ्रान्सका लागि सर्वाधिक गोल गर्नेको सूचीमा एमबापे ५३ गोलसहित दोस्रो स्थानमा हुनुहुन्छ । ओलिभर जिरु (५७ गोल) ले मात्र फ्रान्सको जर्सीमा एमबापेलेभन्दा धेरै गोल गर्नुभएको छ ।

विश्वकप छनोटमा फ्रान्सले तीनै खेलमा जित हासिल गरेको छ । समूह ‘डी’ मा नौ अङ्कसहित फ्रान्स शीर्ष स्थानमा रहेको छ । सोही राति आइसल्यान्डमा ५–३ ले खेल जित्ने युक्रेन दोस्रो स्थानमा छ । युक्रेन पनि पाँच अङ्कले फ्रान्सभन्दा पछाडि छ ।

अर्को खेलमा जर्मनीले पनि लक्जेम्वर्गलाई सजिलै ४–० ले पराजित ग¥यो । गत महिना स्लोभाकियासँग हारेपछि विश्वकप छनोटको समूह ‘ए’ मा जर्मनीले खराब सुरुवात गरेको थियो । लक्जेम्वर्गसँगको जितपछि जर्मनी गोलअन्तरले शीर्ष स्थान बनाउन सफल भएको छ । जर्मनीका लागि जोसुआ किमिचले दुई गोल गर्नुभयो । खेलको २० औँ मिनेटमा लक्जेम्वर्गका डिफेन्डर डर्क कार्लसनले रातो कार्ड पाएपछि पनि जर्मनीलाई खेल सहज भएको हो । सोही समूहमा उत्तरी आयरल्यान्डले स्लोभाकियालाई २–० ले हरायो ।

बेल्जियम भने उत्तरी मासिडोनियासँग गोलरहित बराबरीमा रोकियो । समूह जे अन्तर्गत भएको खेलमा बेल्जियमले विपक्षीको गोलपोस्टमा २५ पटक निशाना बनाएर पनि गोल गर्न सकेन । यस नतिजापछि नर्थन मेसिडोनयाले बेल्जियमलाई एक अङ्कले पछाडि पारेर शीर्ष स्थान बनाएको छ । सोही समूह अन्तर्गत भएको अर्को खेलमा काजकस्तानले लिख्टेन्स्टाइनलाई ४–० ले निराश बनायो ।

समूह ‘बी’ मा स्विट्जरल्यान्डले शतप्रतिशत जितको नतिजा निकाल्ने क्रममा स्विडेनलाई २–० ले हरायो । तीन खेलमा जित हात पारेको स्विट्जरल्यान्डले अहिलेसम्म गोल बेहोरेको छैन । एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ असोज २८, मंगलबार
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
२०८२ असोज २८, मंगलबार
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
२०८२ असोज २८, मंगलबार
कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै
२०८२ असोज २८, मंगलबार
हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित नरहेको पुष्टि
२०८२ असोज २८, मंगलबार
विदेशी मुद्राको विनिमयदर सार्वजनिक : रुपैयाँ सुदृढ, डलर र युरो कमजोर
२०८२ असोज २८, मंगलबार
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
२०८२ असोज २८, मंगलबार