असोज २८, २०८२ मंगलबार October 14, 2025

वामी फुटसल प्रतियोगिताको उपाधि काँडेबास बागलुङलाई

प्रथम वामी फुटसलको उपाधी काँडेबासलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रेसुङ्गा(गुल्मी), असोज, २६ गते । गुल्मीको टक्सार युनाइटेड वामीटक्सारको आयोजनामा सञ्चालन भएको प्रथम वामी फुटसल प्रतियोगीताको उपाधी बजार व्यवस्थापन समिति काँडेबास बागलुङले जितेको छ ।

प्रतियोगीताको उपबिजेता बाल संरक्षण मञ्च गल्कोट बाग्लुङ भएको आयोजकले जनाएको छ । विजेता र उपविजेताले क्रमशः ३० र २० हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगीतामा उत्कृष्ट खेलाीको रुपमा आशिष केसी र राइजिङ प्लेयर अफ टुर्नामेन्ट रिघाका १४ वर्षीय गोलकिपर सुयोग घर्तीलाई समेत पुरस्कृत गरिएको प्रतियोगीताका संयोजक कर्ण थापा मगरले जानकारी दिनुभयो ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगीतामा गुल्मी र बागलुङका विभिन्न २१ समूहको सहभागीता रहेको थियो । प्रतियोगीतामा उत्कृष्ट खेलाडीहरुलाई मुसिकोट नगरपालिका गुल्मीका प्रमुख जिवलाल खरेल ’जीवन’ले पुरस्कार तथा सम्मान गर्नु भएको थियो । उहाँले नगरपालिकाको केन्द्र वामीमा खेल मैदानको आवश्यकता महसुस गरेर नगरपालिकाबाट प्रयाप्त बजेट विनियोजन भएकाले तत्काल काम अगाडि बढ्ने बताउनुभयो ।

खरेलले नयाँ खेल र उर्जा दिने टक्सार युनाइटेडलाई आभार प्रकट गर्दै आफुहरु सधैँ युवाहरुको पक्षमा रहेको बताउनुभयो । उहाँले मुसिकोट नगरपालिका जिल्लाका थुप्रै प्रतियोगीताहरुमा उत्कृष्ट भएकाले आफुहरुले पनि खेल क्षेत्रको विकास र खेलाडीको क्षमता लगानी गरिरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ असोज २८, मंगलबार
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
२०८२ असोज २८, मंगलबार
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
२०८२ असोज २८, मंगलबार
कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै
२०८२ असोज २८, मंगलबार
हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित नरहेको पुष्टि
२०८२ असोज २८, मंगलबार
विदेशी मुद्राको विनिमयदर सार्वजनिक : रुपैयाँ सुदृढ, डलर र युरो कमजोर
२०८२ असोज २८, मंगलबार
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
२०८२ असोज २८, मंगलबार