असार ११, २०८३ बिहिबार June 25, 2026

सद्भाव र सहिष्णुताले राष्ट्रिय एकता अझ बलियो : कार्यवाहक सभापति खड्का

विविधता भित्र रहेको हाम्रो सद्भाव र सहिष्णुताले नै हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, कार्तिक ३ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक भएको बर्ताएका छन् । नेपालीहरूको दोस्रो महान चाड तिहार तथा नेपाल सम्वतको नयाँ वर्ष ११४६ को सुखद् अवसरमा शुभकामना व्यक्त गर्दै कार्यवाहक सभापति खड्काले यस विविधता भित्र रहेको हाम्रो सद्भाव र सहिष्णुताले नै हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाएको जनाएका छन् ।

जारी शुभकामना सन्देशमा तिहार, अर्थात् यमपञ्चकका हरेक दिनले पारिवारिक, सामाजिक र मानवीय सम्बन्धहरूमा सौहार्दता र आत्मीयता कायम गर्दै दिदीबहिनी र दाजुभाइहरुबिच तथा आफन्तहरू बिचमा सुमधुर सम्बन्ध विकसित गर्न सघाएको उल्लेख छ ।

उनले भनेका छन्, ‘‘बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिन्छ । नेपाल सम्वत् त्यही जागरणकालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो । यसको प्रारम्भ समाजसेवी शंखधर साख्वाद्वारा गरिब र पीडितहरूको ऋणमोचन मार्फत गरिएको महान परोपकारी कार्यको सम्झनामा भएको हो ।’’

उनले अन्धकारमाथि उज्यालोको विजयको प्रतीकको रुपमा मनाइने तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वतको नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल सम्वतको नयाँ वर्षको उपलक्ष्यमा म सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
२०८३ असार ११, बिहिबार
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
२०८३ असार ११, बिहिबार
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
२०८३ असार ११, बिहिबार