बैसाख २६, २०८३ शनिबार May 9, 2026

एसईई विद्यार्थीका लागि एनसेलको विशेष अफरसहित ‘पहिलो सिम’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र १ रुपैयाँमा प्रिपेड सिम खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।

यो योजना बिहीबार (भदौ १८) देखि लागू भएको एनसेलले जनाएको छ ।  पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी र एकप्रति फोटो आवश्यक पर्छ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफूलाई सधैँ सम्पर्कमा रही रहनुपर्ने पाँचवटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीले पहिलो ३० दिनसम्म ती नम्बरमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीले ती नम्बरमा मात्र ९९ पैसा प्रतिमिनेटमा ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।

विद्यार्थीले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधैँ सम्पर्कमा रहनुपर्ने पाँचवटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा पाँचवटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाएर अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको करबाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरातसम्ममा १०० रुपैयाँ वा त्यसभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन १०० एमबी डेटा बोनस प्राप्त गर्छन् । साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक १०० रुपैयाँबराबरको खर्चमा ग्राहकले तीन दिनको समय सीमा रहेको ३०० एमबी (१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिमअन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाका लागि रहनेछ ।

एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा एनसेल आजियाटा निकै खुसी रहेको कम्पनीले जनाएको छ । हाल विभिन्न जिल्लामा स्थानीय प्रशासनद्वारा कोरोनाभाइसको संक्रमण फैलन नदिन र यसको रोकथामका लागि निषेधाज्ञा जारी गरेको हुनाले सिम लिनका लागि पहिले नजिकैको एनसेल सेन्टर खुला रहे/नरहेको बुझेरमात्र सिम लिनको लागि सतर्कता तथा सुरक्षा मापदण्ड अपनाई एनसेल सेन्टरमा जान अनुरोध गरिएको छ ।

विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्युजिक र गेमिङ प्याकका लागि पनि विभिन्न अप्सन छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आवश्यकताअनुसारको प्याक खरिद गर्न सक्छन् ।

चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान आएको छ । योजना सुचारु भएको दिनदेखि ९० दिनसम्म मान्य रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार