कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गर्न तयारी

डा. सुधा गौतमसहित चार नयाँ मन्त्री नियुक्त, स्वास्थ्यदेखि खेलकुदसम्म नयाँ जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्। केही दिनदेखि जारी परामर्श र राजनीतिक छलफलपछि उनले अन्तरिम मन्त्रिपरिषद्‌मा थप चार मन्त्री नियुक्त गर्ने निर्णय गरेकी हुन्।

बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीका रूपमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनुवार र बब्लु गुप्ता मन्त्री बन्न लागेका छन्।

प्रधानमन्त्री कार्कीले डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, सुनुवारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी छन्।

नयाँ मन्त्री बन्न लागेकामध्ये डा. गौतम पूर्वस्वास्थ्य सचिव हुन् भने श्रेष्ठ सांस्कृतिक अभियन्ता, सुनुवार दलित अभियन्ता र गुप्ता हन्ड्रेड ग्रुपका संस्थापक हुन्। शनिबार जेन-जी नेताहरूले मन्त्रीका लागि सात जनाको नाम सिफारिस गरे पनि तीमध्ये गुप्ता मात्रै अन्तिम सूचीमा परेका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आइतबार दिउँसो साढे २ बजेका लागि तय गरिएको छ।

यस विस्तारसँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्‌ले थप पूर्णता पाउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया