असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोकाैं, जनता मात्र भाेकै किन ?: डा. बाबुराम भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुरा उल्लेख गरेका हुन् । फेसबुक स्टाटसमा उनले जनता मात्रै भोकै किन भन्दै प्रश्न गरेका छन् ।

कोरोना महामारीका कारण सरकारले लाखौँ जनताको गाँसबासको पर्वाहै नगरी निषेधाज्ञा र लकडाउन गरिरहेको तर्फ उनको कटाक्ष छ । धेरैको रोजीरोटी खोसिएको र आमजनता जीवन-मरणको लडाईमा रहेको बताउँदै भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्ः पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन र कफ्र्यू लगाउँदै जानु कति उपयुक्त हो ? कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो?

सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगदरजिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो । आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति र प्रधानमन्त्रीर मन्त्रीर न्यायाधीश र सांसद र कर्मचारी र शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया