असार २२, २०८२ आइतबार July 6, 2025

बाँकेमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेमा कोरोना भाइरस कोभीड-१९ संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको हो ।

तीन वर्षदेखि मुटुरोगको समस्याबाट पिडित रहेका उनको उपचारका क्रममा गएराति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

गत भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना जाँच गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भदौ १८ गतेदेखि नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

योसँगै बाँकेमा कोरोना सक्रमितको मत्यु हुनेको संख्या ७ जना पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया