मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

तान्जानियाः नवनिर्वाचित राष्ट्रपति हसनद्वारा सपथ ग्रहण

९७.६६ प्रतिशत अर्थात् करिब तीन करोड १९ लाख मत सामियालाई प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले नयाँ कार्यकालका लागि सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ।

विपक्षी दलका नेताहरूले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै निर्वाचन पुनः गर्नुपर्ने भन्दै सडकमा सशक्त आन्दोलन गरिरहेका समय उहाँले सपथ ग्रहण गर्नुभएको हो।

सपथपछि टेलिभिजनमार्फत् सार्वजनिक एक सम्बोधनमा सामियाले देशबासीसँग ‘एकता र राजनीतिक ऐक्यवद्धता’ का लागि आग्रह गर्नुभएको छ।

उहाँले देशका विभिन्न सहरमा भएका प्रदर्शनमा सहभागी केही युवा प्रदर्शनकारी विदेशी रहेको बताउनुभएको छ।

हाम्रा रक्षा तथा सुरक्षा निकायले चुनावपछि भएका प्रदर्शन र हिंसामा संलग्न सवैलाई कानुनी दायरामा ल्याउने बताउनुभयो ।

तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयुक्तका अनुसार बुधबार भएको मतदानमा देशका तीन करोड ७६ लाख पञ्जीकृत मतदातामध्ये ८७ प्रतिशत अर्थात् तीन करोड २० लाख मतदाताले मतदान गरेका थिए जसमध्ये ९७.६६ प्रतिशत अर्थात् करिब तीन करोड १९ लाख मत सामियालाई प्राप्त भएको थियो ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र देशमा फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।

केही स्थानमा निर्वाचन प्रक्रियामा अनियमितता भएको रिपोर्टपछि चर्किएको निर्वाचनपछिको हिंसात्मक गतिविधि र इन्टरनेट बन्दप्रति इयूले आइतबार उक विज्ञप्ति जारी गरी चिन्ता व्यक्त गरेको थियो।

निर्वाचनपछि शनिबारसम्म भएका हिंसामा ८०० भन्दा बढीको मृत्यु भएको प्रमुख विपक्षी दल काडेमाका नेताहरूले बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार