कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पूर्वराजा ज्ञानेन्द्र शाह भोली झापा जादैं

आन्दोलनको समिक्षा र भावी रणनिती बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित भोली झापा जाने कार्यक्रम छ । बिहान ११ बजे पुर्वरानी कोमल र छोरी प्रेरणा सहित झापा जान लाग्नुभएको हो ।

राजावादीको आन्दोलन विफल भएपछि भदौ ५ गते पुर्वराजा शाह झापा पुग्नुभएको थियो । त्यसपछि भोली जान लाग्नुभएको हो । राजसंस्था पुनःस्र्थापनाकालागि संयुक्त जनआन्दोलन समितिले चैत १५ बाट आयोगना गरेको आन्दोलन विफल भएपछि नयाँ योजना तय गर्न झापा जानुभएको थियो । निर्मल निवासस्रोतका अनुसार पुर्वराजा ज्ञानेन्द्र परिवार करिब ४ महिना झापा रहनुहुने कार्यक्रम रहेको छ । झापा बसाईको क्रममा उहाले पुर्वाञ्चालका केही जिल्ला, मध्य तराई लगायत स्थानका आफन्तहरु भेट गर्ने कार्यक्रम रहेको छ ।

मंसिर ७ गतेबाट दुर्गा प्रसाईको देशब्यापी आन्दोलनको संघारमा पुर्वराजा ज्ञानेन्द्र परिवार सहित झापा जान लाग्नुभएको हो । उहा झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा बस्ने कार्यक्रम छ । विगत आन्दोलनको समिक्षा र अबको राजनीति लगायतका विषयमा अध्ययन गर्न पुर्वराजा ज्ञानेन्द्र र उहाँको परिवार झापा जान लाग्नुभएको हो । निर्मल निवासले पुर्वराजाको यो भ्रमणलाई गोप्य राखेको छ ।

दुई महिनापछि फेरी झापा भ्रमण शुरु गरेपछि पुर्वराजाले कस्तो योजना बनाउछन् भन्ने विषय उठेको छ । अहिले सबै कार्यक्रम गोप्य राखिएको छ ,झापा पुगेपछिमात्र थप जानकारी होला–स्रोतको भनाई छ । यसअघि हृदयन्द्रलाई राजगद्दीमा राख्ने सपना बोकेका पुर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय जेनजी पुस्तासंग कुुराकानी गरिरहनुभएको छ । तिहारको टीकाको दिन बशिनी शोभा कुञ्जबाट बाहिरिएलगत्तै जेन्जी पुस्तासंग भेट गर्नुभएको थियो । सो भेटघाटले निर्मल निवास उत्साही बनेको छ ।

फागुन २१ गने हुने निर्वाचनमा राजावादीको समर्थन कस्लाई गर्ने भन्ने सम्मको निर्णय गर्न ज्ञानेन्द्र झापा जान लाग्नुभएको हो । यदी निर्वाचन भए झापाबाट आफुले समर्थन गर्ने पार्टी वा समुहलाई साहयोग गर्ने योजना छ ।अमेरिकामा अध्ययनरत नाति हृदयन्द्र शाह केहीदिन पोखरा, जुम्ला भ्रमण र केही सार्बजनिक कार्यक्रममा सहभागि भएको देखेर राजावादीले अब राजा ल्याउने भन्दै आन्दोलन गरेका थिए । सोही मोहमा लागेका पुर्वराजा ज्ञानेन्द्र देशको पछिल्लो अवस्था अध्ययन गर्न र चुनावी रणनीति बनाउन झापा जान लाग्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार