मकवानपुरगढी, कात्तिक १९ गते । बागमती प्रदेश सभा गत साउन २७ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिएपछि निष्क्रिय बनेको छ । सभामुख भुवनकुमार पाठकले असोज १ गते राजीनामा दिएपछि नयाँ सभामुख नचुनीनु मुख्य कारण बनेको हो ।
प्रदेश सभा सचिवालयका अनुसार उपसभामुखले राजीनामा वाचन गरेपछि मात्र पद रिक्त हुने र १५ दिनभित्र नयाँ सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सभामुख पदमा सत्ता गठबन्धनका दल कांग्रेस र एमालेबीच दाबी रहेको छ । एमालेले शक्ति सन्तुलनका लागि सभामुख आफूहरूले पाउनुपर्ने तर्क गरे पनि कांग्रेसले आफ्नो अडान कायम राखेको छ ।
मुख्य सचेतक पुकार महर्जनका अनुसार ‘जेनजी आन्दोलन’ का क्रममा प्रदेश सभा भवन क्षतिग्रस्त भएकाले बैठक बस्न ढिलाइ भएको हो । आउँदो कात्तिक अन्तिम साता वा मङ्सिर पहिलो साताभित्र बैठक बोलाउने तयारी भइरहेको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया