मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ

गाजाको स्वास्थ्य प्रणालीमा सुधार ल्याउनका लागि पनि शान्ति र स्थायित्व सबैभन्दा उत्तम उपाय भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेनेभा, कात्तिक २० गते । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले गाजा पट्टीमा युद्धविराम सम्झौता कायम राख्न आवाश्यक रहेको बताउनु भएको छ ।

आगामी हप्ता, डब्ल्यूएचओ, युनिसेफ र युएनआरडब्लुएले गाजाका करीव ४४ हजार बालबालिकाका लागि नियमित खोप, पोषण, उपचार, र वृद्धि अनुगमन गर्न सुरु गर्ने उल्लेख गर्दै उहाँले यसको लागी युद्धविराम अवाश्यक रहेको सामाजिक सञ्जाल एक्स मार्फत  औल्याउनु भएको हो ।

उहाँका अनुसार गाजा पट्टीका बालबालीकाहरु करिब दुई वर्षदेखि जीवन बचाउने आधारभुत स्वास्थ्य सेवाबाट बन्चित रहेका छन् । उनीहरुलाई स्वास्थ सेवा प्रवाह गर्न डब्ल्यूएचओले २० वटा क्षतिग्रस्त तथा नष्ट भएका स्वास्थ्य सुविधाको पुनः स्थापना गरी सेवा वितरण केन्द्रको सङ्ख्या विस्तार गर्दै   स्वास्थ्य पूर्वाधार पुनस्र्थापना गर्ने प्रयास गरी रहेको उहाँले बताउनु भएको छ ।

डा.टेड्रोस एड्हानोम गेब्रेयससले “युद्धविराम सफलताका लागि मात्र आवश्यक नभइ गाजाको स्वास्थ्य प्रणालीमा सुधार ल्याउनका लागि पनि शान्ति र स्थायित्व सबैभन्दा उत्तम उपाय भएको उल्लेख गर्नु भएको छ । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार