मंग्सिर २, २०८३ बुधबार November 18, 2026

जी-७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान गर्दै सुडानमा बढ्दो सङ्कटको चेतावनी

जी–७ का नेताहरूले रूसको चरम आक्रमणको बिरूद्ध युक्रेनको रक्षाको लागि कोष बढाउन विभिन्न विकल्पहरूमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयागरा (क्यानाडा), २७ कात्तिक। क्यानाडामा भएको बैठकमा जी–७ का विदेश मन्त्रीहरूले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो संकटको बारेमा चेतावनी दिका छन् ।

संयुक्त विज्ञप्तिमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञहरूले युक्रेनको क्षेत्रीय अखण्डताका लागि समर्थन व्यक्त गरेका छन् । उनीहरुले युद्धविरममा समर्थन जनाउदै तत्काल युद्धविरामको आवश्यकता रहेका बताएका छन् ।

वार्तामा, जी–७ का नेताहरूले रूसको चरम आक्रमणको बिरूद्ध युक्रेनको रक्षाको लागि कोष बढाउन विभिन्न विकल्पहरूमा छलफल गरेको जनाइएको छ । वार्तामा आमन्त्रित युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले जी–७ ले युक्रेनको युद्ध क्षमता बलियो बनाउँदै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन माथि दबाब बढाउन आवश्यक रहेको बताएका छन् ।

पुटिनलाई अझै पनि आफूले जित्न सक्ने भ्रम रहेको बताउदै सिबिहाले पुटिन र उनको शासनको चरम आक्रमणलाई नियन्त्रण गर्नका लागि सबैले सघाउनु पर्ने बताएका छन् । यस अघि बुधबार क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले युक्रेनमा साइबर आक्रमण गर्न प्रयोग गरिएको संस्थामाथि नयाँ प्रतिबन्धको घोषणा गरेका थिए।

बेलायतले युक्रेनको ऊर्जा क्षेत्रको मर्मत सम्भारका लागि १३ मिलियन पाउन्ड (१७.१ मिलियन डलर) कोषको घोषणा गरेको छ ।

– सुडान हिंसा

संयुक्त जी–७ को विज्ञप्तिले सुडानमा बढ्दो हिंसाको पनि निन्दा गर्दै अफ्रिकी राष्ट्रको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वले ठूलो मानवीय सङ्कट“ निम्त्याएको बताएको छ ।

अप्रिल २०२३ देखि, सुडानको सेना र आरएसएफ बीचको युद्धले दशौं हजारको ज्यान लिनुका साथै लगभग एक करोड २० लाखलाई विस्थापित गरेको जनाइएको छ । आरएसएफले पश्चिमी दारफुरको सेनाको गढ एल–फासेर कब्जा गरेको दुई हप्तापछि जी–७ बैठक भएको हो । त्यसपछि सामूहिक हत्याको खबर बाहिर आएको छ ।

जी–७ ले दुवै पक्षलाई “तनाव कम गर्न, तत्काल स्थायी युद्धविरामका लागि प्रतिबद्ध भई मानवीय सहायताको लागि द्रुत र निर्बाध मार्ग सुनिश्चित गर्न“ आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार