बैसाख १९, २०८३ शनिबार May 2, 2026

लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान

मङ्सिर ८ गते सोमबार अपराह्न १ः०० बैठक बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी, २८ कात्तिकः लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मङ्सिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गर्नुभएकोे हो ।

प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया