मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’

डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौँ, २८ कात्तिकः आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । यो वर्षको ‘नारा कार्यस्थलमा मधुमेहः थप बुझौँ र रोकथाम गरौँ’ भन्ने रहेको छ । मधुमेह नसर्नेमध्ये प्रमुख रोगका रूपमा बढिरहेको छ ।
अन्तरराष्ट्रिय डायबेटिज सङ्घका अनुुसार पछिल्लो समय हरेक नौ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कूल जनसङ्ख्याको ७ दशमलव ७ प्रतिशत वयस्कमा मधुमेह रहेको तथ्याङ्क छ । मधुमेह भएकालाई ‘डायबेटिक रेटिनोप्याथी’ अर्थात् मधुमेहका कारण आँखाको पर्दामा हुने समस्या हुने सम्भावना बढ्दछ । यो आँखाको दृष्टि पर्दा(रेटिना)मा आउने समस्या भएको चिकित्सकले बताउने गरेका छन् ।
आँखा रोग विशेषज्ञ(भिट्रो रेटिनल सर्जन) डा रबा थापाले मधुमेहले आँखामा पार्ने असरका कारण नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताउनुभयो । उहाँले डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने बताउनुभयो ।
डा थापाले भन्नुभयो, “डायबेटिक रेटिनोप्याथीको उपचार समयमा नभए व्यक्तिमा अन्धोपन निम्त्याउन सक्छ । सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रण गर्न मद्दत पुग्छ । त्यसैले मधुमेह भएकाले छ/छ महिनामा नभए वर्षमा एकपटक आँखा अनिवार्य परीक्षण गराउँदा राम्रो हुन्छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
२०८३ मंग्सिर ६, आइतबार
चेपाङ विद्यालयका १३० विद्यार्थीलाई सांग्रिला बैंकको शैक्षिक सामग्री सहयोग
२०८३ मंग्सिर ६, आइतबार
मधेसका मुख्यमन्त्री यादवले लिए शपथ
२०८३ मंग्सिर ६, आइतबार
सुनचाँदीको मूल्यमा आजपनि भारी गिरावट
२०८३ मंग्सिर ६, आइतबार
शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने
२०८३ मंग्सिर ६, आइतबार
आधारभूत तहमा लिखित परीक्षा बन्द गर्न तुलसीपुरको निर्देशन
२०८३ मंग्सिर ६, आइतबार
नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउन सकिन्छ : डीके ढुङ्गाना
२०८३ मंग्सिर ६, आइतबार