असोज १२, २०८३ सोमबार September 28, 2026

सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने गिरोह पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका-२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

उक्त सहकारीको सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई हिसाब विवरण नदेखाइ पक्राउ परेका खड्गी ठगी गरेर फरार रहेका थिए ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार