मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

अन्नपूर्णमा टोल टोलमा पुगेर स्वास्थ्य परीक्षण

तोकिएको समयमा गर्भ परीक्षण र संस्थागत प्रसूति हुनेलाई घरमै पुगेर भाले उपहार दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, २९ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ नभएको टोलमा पुगेर रोग पहिचानका लागि स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेका हुन् । गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले हरेक महिना स्वास्थ्यकर्मीहरू प्रत्येक टोलमा पुगेर सुगर (चिनीरोग) र प्रेसर (रक्तचाप)को परीक्षण गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिक, बालबालिका र विपन्नहरूलाई लक्षित गरेर स्वास्थ्यकर्मी टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको हो”, उहाँले भन्नुभयो, “रोगको पहिचान गरी उपचारको पहुँचमा ल्याउन टोलटोलमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी बनेको छ ।”

गत आर्थिक वर्षमा यो कार्यक्रमबाट एक हजार २०० जना लाभान्वित भएका थिए । परीक्षणका लागि सुरु गरेको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष पनि आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मीलाई टोलटोलमा परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो ।

स्वास्थ्य संस्थामा पाइने औषधि लिएर टोलमा पुग्ने स्वास्थ्यकर्मीहरूले परामर्शका साथै निःशुल्क औषधि उपलब्ध गराउने गरेका छन् । परीक्षणका क्रममा समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउने गर्छन् । टोलमा पुग्ने स्वास्थ्यकर्मीले बच्चाहरूलाई खोप, गर्भवती र नवजात शिशुको तौल पनि लिने गरेका छन् ।

टोलमै सेवा पाउँदा समयको बचत र उपचारमा सहज पहुँच स्थापित भएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतकी वीनाकुमारी तिलिजाले बताउनुभयो । आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा आठ वटा स्वास्थ्यचौकी, छ वटा सामुदायिक स्वास्थ्य एकाइ र दानामा आयुर्वेद स्वास्थ्य केन्द्र छ ।

छरिएका बस्तीहरू रहेको र स्वास्थ्यचौकी तथा एकाइमा पुग्न घण्टौँ हिँड्नुपर्ने टोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । तोकिएको समयमा गर्भ परीक्षण र संस्थागत प्रसूति हुनेलाई घरमै पुगेर भाले उपहार दिने गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार दोस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ । यहाँ आव २०८१÷०८२ मा ७९ र २०८०/८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९÷८० मा १३९ मध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार