श्रावण १०, २०८३ आइतबार July 26, 2026

शिर्ष नेताबीच सहमती जुट्न नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्‍यो

गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता पुसभित्रै महाधिवेशन गर्नुपर्ने अडानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, कात्तिक ३० गते । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमती जुट्न नसकेपछि केन्द्रीय  कार्यसमितिको बैठक फेरि मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी सारिएको छ । यसअघि मंसिर १ गते सोमबार बस्ने भनिएको थियो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो । यसअघि कात्तिक २९ गते शनिबार बैठक बस्ने भनिए पनि मंसिर १ गतेका लागि सरेको थियो ।

हाल कार्यरत केन्द्रीय कार्यसमितिको चार वर्षे कार्य अवधि यही मंसिरमा सकिँदैछ । प्रतिनिधि सभा सदस्य निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने अडान संस्थापन पक्षको छ भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता पुसभित्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार