मंग्सिर २, २०८३ बुधबार November 18, 2026

पाकिस्तानमा पटाका कारखानामा विस्फोट, ७ जनाको मृत्यु

विस्फोटपछि लागेको भीषण आगलागीले पूरा कारखाना ध्वस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामावाद, ३० कात्तिक (रासस/सिन्ह्वा) : दक्षिण पाकिस्तानको सिन्ध प्रान्तस्थित हैदराबाद जिल्लाको लघारी गोठमा रहेको एक पटाका कारखानामा शनिबार साँझ भएको शक्तिशाली विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ र सात जना घाइते भएका छन् ।

सिन्धका प्रवक्ता हसन उल हसीबका अनुसार विस्फोटपछि लागेको भीषण आगलागीले पूरा कारखाना जल्दै गएको थियो ।

उद्धारकर्मीहरूले घटनास्थलबाट शवहरू निकालेर घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाएका छन्, जहाँ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

विस्फोटको कारणबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार