मंग्सिर २, २०८३ बुधबार November 18, 2026

सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी

दारफुर र कोर्दोफानका अन्य २० वटा क्षेत्रहरू खतरामा परेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खार्तुम (सुडान) रासस/ सिन्ह्वा । पछिल्लो समयमा बढ्दो मानवीय आवागमनका तथा उच्च जनसङ्ख्याका कारण सुडानको मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गएको संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले चेतावनी दिएका छन् ।

बढ्दो मानवीय संकटका कारण यस क्षेत्रबाट भाग्न खोज्ने नागरिकहरूमा निराशता बढ्दै गएको पोर्ट सुडानमा युएनएचसीआरको उप–कार्यालय प्रमुख ज्याकलिन विल्माले प्रकाश पारेका छन् ।

उनले ठूलो सङ्ख्यामा मानिसहरू अल–फसिरमा रहेको जनाउँदै उनीहरू हिँडिरहेको तर खतरा वा अल–फसिरमा फर्कने जोखिमका कारण उनीहरूलाई यात्रा रोक लगाइएको जनाएका छन् ।

यसै गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा बढ्दो भोकमरी र हैजाको प्रकोपले तीन हजार ५०० भन्दा बढीको ज्यान लिएको जनाएको छ ।

डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले सुडानले विश्वको सबैभन्दा खराब खाद्य संकटको सामना गरिरहेको जनाउँदै गत सेप्टेम्बर सम्म दुई करोड १० लाख भन्दा बढी मानिसहरूले खाद्य असुरक्षाको सामना गरिरहेको बताएका छन् ।

उनले अल–फसिर र काडुगलीमा अनिकाल व्याप्त भएको पुष्टि गर्दै अहिले दारफुर र कोर्दोफानका अन्य २० वटा क्षेत्रहरू खतरामा परेको जनाएका छन्  ।

संयुक्त राष्ट्रसंघीय माइन एक्सन सर्भिस (युएनएमएएस) का अनुसार खाद्यान्नको अभाव र रोगका कारण मात्र नभई विस्फोटक पदार्थ र लडाइँबाट पनि विभिन्न खतरा बडेका छन् ।

संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले गत शुक्रबार अल–फसिरको अवस्था बारे छलफल गर्न र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मा सहरको पतनको क्रममा भएको सामूहिक हत्याको सम्बन्धमा तथ्य पत्ता लगाउने मिसन पठाउन सदस्य राष्ट्रहरूको अनुरोधलाई विचार गर्न एक सत्र आयोजना गरेको थियो ।

सुडानका विभिन्न क्षेत्रहरूमा सेना र आरएसएफबिचको लडाइँ बढिरहेको छ भने द्वन्द्वको सुरुवात भएको दारफुर क्षेत्र आरएसएफले गत महिना नियन्त्रणमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार