मंग्सिर २, २०८३ बुधबार November 18, 2026

साउदी राजकुमारको सम्मानमा ह्वाइट हाउसमा ट्रम्पद्वारा भव्य रात्रिभोज

समारोहमा कालो–टाई पोशाकमा उपस्थित एलन मस्क पनि निकै चर्चा बटुल्ने पाहुना बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
वासिङ्टन, ३ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहनुभएको छ ।
अमेरिका भ्रमणमा रहनुभएका साउदी राजकुमारका लागि ह्वाइट हाउसमा गरिएको उक्त रात्रिभोज चर्चित व्यक्तित्वहरूको उपस्थितिका कारण झनै ध्यानाकर्षक बन्यो ।
साउदी क्लब अल नासर का लागि खेल्दै आउनु भएका र जो धेरैजना वरिष्ठ खेलाडीहरूसँगै साउदी अरबको आकर्षक प्रस्तावका कारण त्यहाँ पुग्नुभएका रोनाल्डोको सम्झौता यसै गर्मीमा समाप्त हुँदैछ । ४० वर्षीय रोनाल्डो राष्ट्रपति र साउदी क्राउन प्रिन्स प्रवेश गर्नु केही क्षणअघि नै ट्रम्पको टेबल नजिकै आफ्नो सीटमा बस्नुभएको देखिन्थ्यो ।
राष्ट्रपति ट्रम्पले रात्रिभोजको भाषणमा भन्नुभयो, “तपाईंहरूलाई थाहा छ, मेरा छोरा ब्यारन रोनाल्डोका ठूला प्रशंसक हुन् ।” १९ वर्षीय ब्यारनले दिग्गज खेलाडीलाई भेट्न पाउँदा निकै उत्साहित भएको राष्ट्रपति ट्रम्पले बताउनुभयो । उहाँले हाँस्दै थप्नुभयो, “मलाई लाग्छ, अब उसले आफ्नो बुबालाई अलिक बढी सम्मान गर्छ, किनकि मैले उसलाई जसको परिचय गराएँ, त्यो कारणले ।”
रात्रिभोजमा उपस्थित खेल सम्बन्धित अर्को प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो—फिफाका अध्यक्ष जियानी इन्फान्टिनो । इन्फान्टिनो सन् २०२६ को विश्वकप (संयुक्त राज्य अमेरिकासहितका राष्ट्रहरूले सह–आयोजना गर्ने) को तयारीकै क्रममा पुनः ह्वाइट हाउस पुग्नुभएको हो । रोनाल्डोले आइतबार पोर्चुगलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेसँगै आगामी प्रतियोगिता ‘निश्चित रूपमा आफ्नो अन्तिम’ हुने बताउनुभएको छ ।
समारोहमा कालो–टाई पोशाकमा उपस्थित एलन मस्क पनि निकै चर्चा बटुल्ने पाहुना हुनुहुन्थ्यो । उहाँ र राष्ट्रपति ट्रम्पबीच गत जुलाईमा सार्वजनिक रूपमा मतभेद बढेपछि सम्बन्ध चिसिएको थियो । मस्कले सरकारी दक्षता विभाग (डिओजिई) अन्तर्गत लागत कटौती विभाग प्रमुखका रूपमा पाँच महिना काम गर्नुभएको थियो । साथै उहाँ गत मे महिनामा साउदी अरब भ्रमणमा पनि राष्ट्रपति ट्रम्पसँगै सहभागी हुनु भएको थियो । तर ट्रम्पको ‘ठूलो र सुन्दर’ (बिग ब्युटिफुल) खर्च विधेयकको मस्कले गरेको आलोचना तथा एपस्टेनसम्बन्धी फाइलका विषयमा टिप्पणीपछि दुवैबीच सम्बन्ध चिसिएको थियो । त्यतिबेला राष्ट्रपति ट्रम्पले मस्कलाई देशनिकाला गर्ने धम्कीसमेत दिनुभएको थियो ।
यद्यपि, उक्त रात्रिभोजमा टक्सेडोधारी मस्कलाई अन्य पाहुनाहरू सँगै क्यान्डललिट टेबलमा सहज रूपमा कुराकानी गरिरहेको देखिन्थ्यो, यद्यपि उहाँ राष्ट्रपति ट्रम्पको टेबलमा हुनुहुन्नथ्यो ।
रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले सन् २०१८ मा असन्तुष्ट पत्रकार जमाल खशोग्जीको हत्या सम्बन्धी विवादमा साउदी क्राउन प्रिन्सको पक्षसमेत लिनुभयो । उहाँले राजकुमार मोहम्मद बिन सलमानलाई ‘नेतृत्वको व्यक्तित्व’ भन्दै प्रशंसा गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार