मंग्सिर २, २०८३ बुधबार November 18, 2026

कोप-३१ आयोजनामा अस्ट्रेलिया-टर्की विवाद चुलिँदा अल्बानिज ‘पछाडि हट्न’ तयार

क्यानबेराले कूटनीतिक विवादलाई अनावश्यकरूपमा चर्किन नदिई ‘अगाडि बढ्न सकिने’ सम्भावनासमेत सङ्केत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिड्नी, मङ्सिर ३ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०२६ को संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप-३१) आयोजनाका लागि टर्कीलाई रोक्ने कुनै प्रयत्न नगर्ने स्पष्ट सङ्केत दिनु भएको छ ।

उहाँले क्यानबेराले कूटनीतिक विवादलाई अनावश्यकरूपमा चर्किन नदिई ‘अगाडि बढ्न सकिने’ सम्भावनासमेत सङ्केत गर्नु भएको छ । यो विवादले ब्राजिलमा जारी यो वर्षको कोप-३० वार्तालाई ओझेलमा पारिरहेको छ । ब्राजिलमा रहेका कूटनीतिज्ञले अस्ट्रेलिया र टर्की दुवैबाट आएका प्रतिद्वन्द्वी आयोजना प्रस्ताव समाधान गर्न केही दिन मात्र पाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको प्रणालीअनुसार सहमतिपत्र नजुटे दुवै देश स्वतः प्रतिस्पर्धाबाट बाहिरिने छन् र सम्मेलन पूर्वनिर्धारितरूपमा जर्मनीको बोन सहरमा सारिनुपर्ने बाध्यता आउने छ । यसलाई धेरै देशले असहज विकल्प मानिरहेका छन् । मङ्गलबार साँझ प्रधानमन्त्री अल्बानिजले पहिलो पटक सम्भावित ‘पछाडि हट्ने’ सङ्केत गर्दै भन्नुभयो, “यदि अस्ट्रेलिया छनोट भएन भने र यदि टर्कीले आयोजना पायो भने हामी यसलाई भिटो गर्ने प्रयास गर्दैनौँ ।”

उहाँका अनुसार त्यसका लागि कुनै औपचारिक मतदान प्रक्रिया थिएन र विजेता केवल सर्वसम्मतिले मात्र निर्धारण हुने संयुक्त राष्ट्रसङ्घको नियम रहेको बताउनुभयो । अल्बानिजले भन्नुभयो, “यदि सहमति जुटेन र दुई उम्मेदवार नै टसमस रहिरहे भने सम्मेलन स्वाभाविक रूपले बोनमै जान्छ । प्रशान्त क्षेत्र मात्र होइन अन्तर्राष्ट्रिय समुदायबाट पनि चिन्ता व्यक्त भइरहेको छ कि यस्तो विवादले विश्वलाई जलवायु कार्यमा आवश्यक एकताको सकारात्मक सङ्केत दिन सक्दैन ।”

अस्ट्रेलियाले उष्णकटिबन्धीय चक्रवात र बढ्दो समुद्री सतहको जोखिममा रहेका प्रशान्त टापुका छिमेकीसँग मिलेर कोप-३१ को आयोजना अधिकारका लागि प्रतिस्पर्धा गरिरहेको छ । तर अनुमान अनुसार सम्मेलन आयोजना खर्च तीन अर्ब डलरसम्म पुग्न सक्छ भन्ने विश्लेषणले केही पक्षलाई सतर्क बनाएकाले अस्ट्रेलियाभित्रै सरकार विभाजित देखिन्छ ।

प्रधानमन्त्री अल्बानिजले विश्व जलवायु एजेन्डामा प्रशान्त टापु राष्ट्रको आवाज बलियो बनाउन अस्ट्रेलियाले अन्य वैकल्पिक मार्ग अपनाउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रशान्तलाई फाइदा हुने उपाय, जस्तै प्रशान्त क्षेत्रीय नेताको छुट्टै उच्चस्तरीय बैठक जस्ता विकल्प पनि खोजिरहेका छौँ ।”

प्रधानमन्त्रीको टिप्पणीपछि अस्ट्रेलियाली सरकारका प्रवक्ताले देशसँग अझै पनि सम्भावित आयोजकका रूपमा ‘उच्च समर्थन’ रहेको पुनः पुष्टि गरे । प्रवक्ताले भने, “हामी प्रशान्त क्षेत्र र अस्ट्रेलियाको राष्ट्रीय हितलाई केन्द्रमा राख्दै टर्कीसँग जिम्मेवार संवाद जारी राख्नेछौँ ।” यसअघि जलवायु मन्त्री क्रिस बोवेनले अस्ट्रेलिया अझै पनि टर्कीको प्रतिस्पर्धालाई पराजित गर्न ‘कडा प्रयास’ जारी रहेको बताउनुभएको थियो ।

ब्राजिलमा एएफपीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “यो कसरी अघि बढ्छ, हामीले हेर्नै बाँकी छ । तर हामी जित्नका लागि पूर्णरूपमा तयार छौँ ।” अस्ट्रेलियाले टर्कीले प्रस्ताव गरेको ‘अध्यक्षता पद साझा गर्ने’ विकल्पलाई अस्वीकार गरिसकेको छ । यी जटिल कर्तव्य दुई टाढै रहेका देशबिच बाँडेर सम्भव नहुने अडान क्यानबेराले स्पष्ट जनाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार