असोज १२, २०८३ सोमबार September 28, 2026

घरबेटीको कुटाइबाट डेराबालको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौंमा घरबेटीको कुटाइबाट भाडामा बस्‍ने एक डेरावालको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा घरबेटी प्रेमलाल महर्जनको कुटाइबाट भाडामा बस्‍ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको हो ।

सामान्य विवादका क्रममा महर्जनले चौधरीलाई भाटाले हिर्काएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

चौधरी केही दिनअघि मात्रै महर्जनको घर छाडेर अन्तै बस्‍न थालेको र शुक्रबार नै मापसे गरी उनको घरमा गएपछि विवाद भएको बताइएको छ । घरबेटी महर्जनलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार