श्रावण १९, २०८३ मंगलबार August 4, 2026

औषधि ऐनको विरोधमा व्यवसायीले दिए विभागमा धर्ना

माग पुरा नभएसम्म प्रत्येक दिन पसल बन्द गर्ने समय १ घण्टाको दरले बढाउँदै लगिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै व्यवसायीहरूले आज पनि औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् । आइतबार बिहान व्यवसायीहरूले विभागमा धर्ना दिएका हुन् ।

प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौँ जिल्ला शाखाले महासचिव शोभमान श्रेष्ठले औषधि ऐन, दफा ११ लाई संशोधन गर्दा औषधि व्यवसायीहरूलाई पलायन गर्न खोजिएको आरोप लगाए । उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न उनले माग गरेका छन् ।

सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरू खोलिरहेको बताउँदै उनीहरूले प्रत्येक दिन पसल बन्द गर्ने समय १ घण्टाको दरले बढाउँदै लगिने बताएका छन् ।

१६ मंसिरसम्म माग सम्बोधन नभए १७ मंसिरदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गरिने उनीहरूले बताएका छन् । केही समय यता औषधि व्यवसायीहरूले आफ्नो माग पूरा गर्न दबाब दिँदै धर्ना दिइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया