असोज १२, २०८३ सोमबार September 28, 2026

एकै घरमा तीनजनाको शव भेटियो, केही दिन अघिनै हत्या भएको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एक चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना मृत अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारा थापाले तीनै जनाको केही दिन पहिले हत्या गरिएको हुन सक्ने बताएका छन् । घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । मृतक फेला पर्नेमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उनकी श्रीमती ३५ वर्षीय सम्झना अधिकारी र अन्दाजी १५ वर्षीय छोरा सुशान्त रहेका छन् ।

घरको दोस्रो तलमा कुकुर समेत मृत अवस्थामा फेला परेको छ । अधिकारी परिवारलाई भेट्न दिउँसो ५ वजे घरमा पुगेका एक आफन्तले घटनाको वारेमा प्रहरीलाई जानकारी दिएका हुन । घरको तेस्रो तलामा श्रीमती सम्झाना र चौथो तलमा बुबा-छोराको शव फेला परेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिपक थापाले घटना रहस्मय भएको बताएका छन् । नेपाल प्रहरीको तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा परिचालन गरिएको छ । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवी समेत खटिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार