मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

भेनेजुएलाको आरोप-आइसिसी जिम्मेवारीबाट पन्छियो

भेनेजुएला सरकारसँगको काममा अपेक्षित प्रगति नदेखिएका कारण कार्यालय बन्द गरिएको तर अनुसन्धान भने निरन्तर जारी रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काराकास । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले काराकासस्थित आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरेपछि भेनेजुएलाका अधिकारीले आइसिसीलाई कर्तव्यबाट पन्छिएको आरोप लगाएका छन् ।

अदालतले वास्तविक प्रगति नभएको भन्दै उक्त कार्यालय बन्द गर्ने घोषणा गरेको थियो । आइसिसीले सन् २०२४ मा भेनेजुएलाका अधिकारीसँग सहकार्य गर्दै सन् २०१७ को विरोध प्रदर्शनका क्रममा दक्षिण अमेरिकी देशमा गरिएको मानवताविरुद्धका सम्भावित अपराधको अनुसन्धान गर्न काराकासमा कार्यालय स्थापना गरेको थियो ।

आइसिसीका उप-अभियोजक मामे मन्डिए नियाङले भेनेजुएला सरकारसँगको काममा अपेक्षित प्रगति नदेखिएका कारण कार्यालय बन्द गरिएको तर अनुसन्धान भने निरन्तर जारी रहने जानकारी दिनुभएको छ । भेनेजुएलाका अधिकारीले एक विज्ञप्ति जारी गरी आइसिसीले ‘थोरै मात्र पनि प्रतिबद्धता वा सहयोगको भावना नदेखाएको’ आरोप लगाएका छन् ।

उनीहरूले अदालतले भेनेजुएलाका विभिन्न पहलमा कुनै योगदान वा सुझाव नदिएको र आफूले ग्रहण गरेको जिम्मेवारीबाट ‘गैरजिम्मेवार रूपमा टाढा रहेको’ दाबी गरेका छन् । साथै, आइसिसीमाथि ‘राजनीतिक उद्देश्यका लागि न्यायलाई उपकरण बनाउने’ प्रयासमा कुनै कदम नचालेको आरोप पनि लगाइएको छ ।

अर्जेन्टिना, कोलम्बिया, चिली, प्याराग्वे, पेरु र क्यानडाले सन् २०१८ मै भेनेजुएलामाथि मानव अधिकार उल्लङ्घनको आरोपसहित आइसिसीमा उजुरी दर्ता गराएका थिए । त्यसपछि सन् २०२१ को नोभेम्बरमा राष्ट्रपति निकोलस मदुरोसँगको सम्झौताअनुसार आइसिसीलाई भेनेजुएलामा औपचारिक रूपमा काम गर्न अनुमतिपत्र प्रदान गरिएको थियो ।

सन् २००२ मा स्थापित आइसिसी विश्वको एक मात्र स्वतन्त्र अन्तर्राष्ट्रिय अदालत हो, जसले नरसंहार, युद्ध अपराध तथा मानवताविरुद्धका गम्भीर अपराधको अनुसन्धान र कारबाहीमा समर्पित छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार