भाद्र १, २०८३ सोमबार August 17, 2026

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

ब्रसेल्समा भेला भएका आन्तरिक मन्त्रीले यी नयाँ उपायमा मतदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ब्रसेल्स, बेल्जियम, मङ्सिर २२ गते । युरोपेली सङ्घ (ईयू)ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यस अन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’खोल्ने योजना पनि समावेश छ ।

ब्रसेल्समा भेला भएका आन्तरिक मन्त्रीले यी नयाँ उपायमा मतदान गर्ने छन्, जसमा आप्रवासीले यूरोप छोड्न अस्वीकार गरेमा कडा दण्ड र लामो समयको हिरासतको व्यवस्था हुने छ । नयाँ नियमअनुसार आप्रवासीलाई उनीहरूको मूल देश नभए पनि ईयूले सुरक्षित ठानेको अन्य देशमा फिर्ता पठाउन सकिने छ ।

डेनमार्कको पहलमा सदस्य राष्ट्र तीव्र गतिमा अघि बढिरहेका छन् । तर फ्रान्सले कानूनीता र प्रभावकारितामा प्रश्न उठाएको छ भने, स्पेनले फिर्ता केन्द्रको कार्य क्षमता पुष्टि गर्न सकेको छैन । साथै, ईयूले ठूलो सङ्ख्यामा आगमन हुने देशमा दबाब कम गर्न ३० हजार आश्रयार्थी वितरण गर्ने वा प्रति व्यक्ति २० हजार युरो योगदान गर्ने नयाँ ‘एकता प्रणाली’ लागू गर्ने तयारी गरेको छ ।

तर कडा आप्रवासन नीति अपनाउँदै गर्दा अन्य देशले अतिरिक्त आश्रयार्थी लिन सहज महसुस गरिरहेको छैन । यसबारे अन्तिम निर्णय वर्षको अन्त्यसम्म आउनुपर्ने दबाब ईयूमाथि रहेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार