भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्धः मुख्यमन्त्री कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ, मङ्सिर २३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताउनुभएको छ ।

‘भोलिको सदाचार निर्माणः युवाहरुसँग भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता’  नाराका साथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित भष्टाचारविरुद्धको २५औँ अन्तरराष्ट्रिय दिवस–२०२५ को उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र नेपाली जनताप्रति सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्ध अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकलाई सुसंस्कृत, सभ्य, आधुनिक, विकसित राष्ट्र बनाउन भ्रष्टाचार न्यूनीकरण अभियानमा प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बेरुजु एवं पेस्की फर्छ्याेट, नीतिनिर्माण, बजेट कार्यान्वयन क्षेत्र अधिकारको न्याय सम्पादनमा इमान्दारीका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण अभियान सञ्चालन गर्नका लागि प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहभागितामा आगामी दुई महिनाभित्र कार्यक्रम सञ्चालन गरी मुलुकमा सन्देश प्रवाह गरिने बताउनुभयो ।

प्रदेशका निमित्त प्रमुख सचिव राजुप्रसाद गुरागाइँले भ्रष्टाचार अपराध भएको र यो दण्डनीय हुने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान कानुनमा संशोधन गर्नुपर्ने सुझाव दिनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन, वचन र कर्मले भ्रष्टाचारविरुद्धको अभियानमा लाग्न समाजलाई सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचार मुलुकको समृद्धिको बाधक भएकाले यसको नियन्त्रण कायम गरी सुशासन कायम गर्नु हामी सबैको जिम्मेवारी रहेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारीले ‘प्रदेश सरकारले भ्रष्टाचार विरुद्धका प्रयास एवं नियन्त्रणका प्रयास र सुधारका क्षेत्रहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकार सबै मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार