असोज ७, २०८३ बुधबार September 23, 2026

नाइजेरियाका राष्ट्रपतिद्वारा अपहरण गरिएका सय भन्दा बढी विद्यार्थीको उद्धारको पुष्टि

अपहरण गरिएका सबै विद्यार्थीहरूलाई उनीहरूका परिवारसँग पुनर्मिलन गर्ने प्रयास सरकारले जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अबुजा, २३ मङ्सिर । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौं विद्यार्थी र शिक्षकहरूलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककारीहरूबाट कम्तिमा १०० जना विद्यालय विद्यार्थीहरू उद्धार गरिएको पुष्टि गरेका छन्।

विज्ञप्ति जारी गर्दै राष्ट्रपति टिनुबुले स्थानीय सुरक्षा एजेन्सीहरूलाई राज्यको पापिरी क्षेत्रमा नोभेम्बर–२१ मा भएको आक्रमणपछि अझै पनि बन्दी बनाइएका अन्य पीडितहरूलाई उद्धार गर्ने प्रयास जारी राख्न निर्देशन दिएका छन् ।

यस अघि, सुरक्षा बलले घटनाको केही दिन पछि आक्रमणमा अपहरण गरिएका ३१५ विद्यार्थी र शिक्षकहरू मध्ये कम्तीमा ५१ जनालाई उद्धार गरेको थियो ।

“नाइजर राज्यको क्याथोलिक स्कुलबाट १०० जना विद्यार्थीहरू सुरक्षित फर्केको बारेमा मलाई जानकारी दिइएको छ, म गभर्नर उमर बागोसँग खुसी छु र दुर्भाग्यपूर्ण घटना पछि विद्यार्थीलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ता सुरक्षा एजेन्सीहरूले गरेको दृढ कार्यको प्रशंसा गर्दछु” टिनुबुले भने ।

यसै विच अपहरण गरिएका सबै विद्यार्थीहरूलाई उनीहरूका परिवारसँग पुनर्मिलन गर्ने प्रयास सरकारले जारी राख्ने राष्ट्रपतिले अभिभावकहरूलाई आश्वासन दिएका छन् । उनले सुरक्षा फौजलाई देशभरबाट अपहरण गरिएका सबै विद्यार्थी र अन्य नाइजेरियालीहरूलाई उद्धार गरी सुरक्षित घर ल्याउन निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् ।

उनले सबै पीडितहरूको एकिन गरी नाइजेरियाली सरकारले विद्यालयहरू सुरक्षित गर्न र युवाहरूका लागि सुरक्षित र अनुकूल सिक्ने वातावरण सिर्जना गर्न काम जारी राख्ने विश्वास पनि दिलाएका छन् ।

टिनुबुले अब देखि सुरक्षा एजेन्सीहरूलाई ३६ वटै राज्यका गभर्नरहरूसँग मिलेर भविष्यमा हुने अपहरणहरू रोक्नका लागि रोकथामका उपायहरू अपनाउन निर्देशन दिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया