माघ २, २०८२ शुक्रबार January 16, 2026

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली विस्थापित

सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्रतर्फ भागे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नोमपेन(कम्बोडिया), मङ्सिर २४ गते । थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्रतर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार बताउनुभएको छ ।

महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिसहित विस्थापितको सङ्ख्या एक लाख एक हजार १२९ रहेको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

थाई सेनाले आइतबार दिउँसोदेखि बुधबार बिहानसम्म कम्बोडियाको सैन्य चौकी र नागरिक क्षेत्रमा आक्रमण गर्न एफ-१६ लडाकू जेटसहित भारी र विनाशकारी हतियार प्रयोग गरेको उहाँले जनाउनुभएको छ । सोचेटाका अनुसार यस द्वन्द्वमा कम्तीमा सात कम्बोडियाली नागरिकको मृत्यु भएको छ भने  अन्य २० जना घाइते भएका छन् । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया