मंग्सिर २, २०८३ बुधबार November 18, 2026

चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चारतले भवनमा मङ्गलबार राति ९ः२० बजे सुरु भएको आगलागी राति १०ः०० बजेपछि नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, मङ्सिर २४ गते । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चारतले भवनमा मङ्गलबार राति ९ः२० बजे सुरु भएको आगलागी राति १०ः०० बजेपछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

यस अघि गुआङडोङ र हङकङका आवासीय टावरमा ठुलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो । “आगोले भवनको १५० वर्गमिटर क्षेत्रलाई असर गरेको जनाउँदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण, अनुसन्धान तथा व्यवस्थापनको कार्य भइरहेको बताएको छ ।

यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार जना घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो । हाल चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ । गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनमा आगोको खतराविरुद्ध अभियानसमेत चलाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया