पुष २९, २०८२ मंगलबार January 13, 2026

खैरो हिरोइनसहित आठ जना पक्राउ

पक्राउ परेका सबैलाई लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । लागूऔषध खैरो हिरोइनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार साँझ ४ बजे पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय आज साँझ सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेडा घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय अनवर अंसारी,  २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, भरतपुर महानगरपालिका–४ का २१ वर्षीय सरोज तामाङ, वडा नं १७ का २४ वर्षीय बसन नेपाली, वडा नं २१ पार्वतीपुर बस्ने ३२ वर्षीय मनोज विक र ३६ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

यस्तै पर्सा वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने २३ वर्षीया आइषा खातुन पनि पक्राउ परेका छन् । उनीहरूका साथबाट १४२ दशमलव ६८ ग्राम खैरो हिरोइन पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु
२०८२ पुष २९, मंगलबार
राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
२०८२ पुष २९, मंगलबार
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : सभामुख घिमिरे
२०८२ पुष २९, मंगलबार
जनमत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खड्कासहित १०२ जनाले पार्टी परित्यागको घोषणा
२०८२ पुष २९, मंगलबार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२०८२ पुष २९, मंगलबार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
२०८२ पुष २९, मंगलबार
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
२०८२ पुष २९, मंगलबार