बुटवल । रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीमाथि दायर सहकारी ठगीसम्बन्धी मुद्दाको पेसी आज पनि स्थगित गरिएको छ।
रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आजको पेसी न्यायाधीश सागर विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी रहेकाले ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो।
सुप्रिम सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा गत कात्तिक १३ पछि निरन्तर सारिँदै आएको छ। यसअघि दुई पटक लामिछानेका कानूनी व्यवसायीका निवेदनका आधारमा तथा एकपटक सार्वजनिक बिदाका कारण पेसी स्थगित भएको थियो। छविलाल जोशी पक्षले निवेदन दिएपछि कात्तिक १३ गतेको प्रारम्भिक सुनुवाइ पनि रोकिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया