श्रावण १३, २०८३ बुधबार July 29, 2026

डा. डी.आर उपाध्यायको ‘दुईमुटु जोडेर…’ गिति एल्वम सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ ।

विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ । सङ्गीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले विश्व कीर्तिमान कायम भएको हो । एफ मेजर स्केलको मन्द्र सप्तकबाट पहिलो सेर सुरुवात हुन्छ । मध्य सप्तकको एफ मेजर स्केलबाट दोस्रो सेर सुरुवात हुन्छ । तार सप्तकको एफ मेजर स्केलबाट तेस्रो सेर सुरुवात हुन्छ । यसरी एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा सङ्गीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व सङ्गीतको इतिहासमा पहिलो इतिहास हो । यो गीतले केही समय अघि विश्व कीर्तिमान कायम गर्न सफल भएको थियो ।

डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गरेका छन । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् । यस्तै केही समय अघि सार्वजनिक डा. डीआर उपापध्यायको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीतिएल्बम ‘मायाको सागरमा’ एक गीत १२ भाषामाले पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको थियो । डीआरको गीत र सन्तोष श्रेष्ठको सङ्गीत रहेका अन्य गीतले पनि विश्व रकेर्ड राख्न सफल भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार