काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार, पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि उनले प्रदेशसभालाई औपचारिक पत्र पठाउँदै उक्त मितिमा विश्वासको मतसम्बन्धी कार्यसूची समावेश गरी आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री यादवको पत्र प्राप्त भइसकेको छ र त्यसअनुसार प्रदेशसभा बैठक बोलाउने तयारी अघि बढाइएको छ । विश्वासको मत लिने प्रक्रियालाई लिएर दलहरूबीच आन्तरिक छलफल र समीकरण निर्माणसमेत तीव्र बनेको छ ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका यादव १९ मंसिरमा मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले अब प्रदेशसभाको विश्वास प्राप्त गर्न लागेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया