कार्तिक २५, २०८३ बुधबार November 11, 2026

एमालेको नवनिर्वाचित नेतृत्वलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

जबजको जीवन्त अभ्यास भएको टिप्पणी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्नुहुँदै भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन हुनु एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको उल्लेख गर्नुभएको छ।

उहाँले तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित नवनिर्वाचित पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा विभिन्न आयोगका सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ। साथै, महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा महाधिवेशन सफल बनाउन खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी र कलाकारप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

भण्डारीले महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी सबै नेता तथा कार्यकर्ताप्रति पनि आभार व्यक्त गर्नुभएको छ। उहाँका अनुसार लोकतान्त्रिक प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ बनाउँछ।

नव निर्वाचित नेतृत्वले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ मजबुत बनाउँदै पार्टीलाई अघि बढाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार