कार्तिक २५, २०८३ बुधबार November 11, 2026

दश बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न

श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत हकहित र सुरक्षामा सामूहिक ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेशअन्तर्गतका जिल्ला शाखाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेला आज सकिएको छ।

महासङ्घको गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको उक्त भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले जानकारी दिए। भेलाले पत्रकारहरूले भोग्दै आएका आर्थिक, पेसागत र संस्थागत समस्याका साथै समसामयिक राष्ट्रिय विषयमा गम्भीर छलफल गरी उक्त घोषणापत्र जारी गरिएको उनले बताए।

घोषणापत्रमा तीनै तहका सरकारबाट पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख छ।

प्रदेश सरकार र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यावहारिक बनाउन र विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन आग्रह गरिएको छ। मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पत्रकारहरूले तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्तुलन र पेसागत आचारसंहिताको कडाइकासाथ पालना गरी समग्र पत्रकारिताप्रतिको जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा भेलाले जोड दिएको अध्यक्ष पौडेलले बताए।

सङ्घ सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणाली अझै व्यावहारिक, पारदर्शी र मिडियामैत्री बनाउन भेलाले माग गरेको छ। गण्डकी प्रदेशभित्रका सञ्चारमाध्यम प्रदेशकै प्रेस रजिष्ट्रारको कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत दर्ता र नवीकरण हुने प्रबन्ध मिलाउन माग गरिएको छ।

भेलाले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका सञ्चारगृह र पत्रकारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। निर्वाचन नै लोकतन्त्रको प्रमुख आधार भएकाले वर्तमान अन्योलपूर्ण अवस्थाको निकाश र संविधान रक्षाका लागि निर्धारित समयमा निर्वाचन हुनुपर्नेमा भेलाले जोड दिएको अध्यक्ष पौडेलले जानकारी दिए।

उक्त भेलामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाललगायतको सहभागिता थियो।

‘लोकतन्त्रको रक्षाका लागि समयमै निर्वाचन हुनुपर्छ’

यसैबीच नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्र र संविधानको रक्षाका लागि सरकारले तोकिएकौ समयमा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनुपर्ने बताइन्। आज पोखरामा आयोजित महासङ्घको गण्डकी प्रदेशअन्तर्गतका जिल्ला शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलामा उनले समयमा निर्वाचन नभए नागरिकका अधिकार कुण्ठित हुने धारणा राखिन्।

‘स्वच्छ र भयरहित वातावरणमा निर्वाचन हुने वातावरण सरकारले बनाउनुपर्छ। यसमा राजनीतिक दल र अन्य सरोकार भएका पक्षहरूले सहयोग गर्नुपर्छ‘, अध्यक्ष शर्माले भनिन्, ‘संविधानलाई सही बाटोमा डोर्‍याउन र लोकतन्त्रलाई थप सुदृढ गर्न समयमै निर्वाचन हुनुपर्छ।‘ अगुवा नागरिक संस्थाका रूपमा महासङ्घले संविधान र लोकतन्त्रका पक्षमा आफूलाई सधैँ उभ्याउँदै आएको उनले बताइन्।

जिम्मेवार र सन्तुलित पत्रकारितामा जोड दिँदै अध्यक्ष शर्माले पत्रकारिता सशक्त भएमा मात्र महासङ्घ पनि बलियो हुने धारणा राखिन्। पत्रकारिता समाजमा सकारात्मक परिवर्तन ल्याउन गर्नुपर्नेमा जोड दिँदै उहाँले आचारसंहिता पालना गर्नु पत्रकारको पहिलो कर्तव्य हो भनिन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार