बैसाख १९, २०८३ शनिबार May 2, 2026

मधेशमा सभामुख चयनका लागि आज मतदान हुँदै

सात दलीय गठबन्धनबाट सभामुख पदमा उम्मेदवारी दिएका यादवले आफूसँग बहुमत रहेकाले निर्वाचित हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर । मधेश प्रदेशमा सभामुख चयनका लागि आइतबार मतदान हुने भएको छ ।

सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जसपा नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभाको आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुनेछ । सात दलीय गठबन्धनबाट सभामुख पदमा उम्मेदवारी दिएका यादवले आफूसँग बहुमत रहेकाले निर्वाचित हुने दाबी गरेका छन् ।

यादवको उम्मेदवारीमा कांग्रेसका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह समर्थक बनेका छन् ।

पद अनुकुलको आचरण नगरेको भन्दै यसअघिका सभामुख रामचन्द्र मण्डललाई प्रदेशसभाको बैठकबाट पदमुक्त गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया